काेराेना संक्रमित भएका पूर्व राजारानी अस्पताल भर्ना

डिसी नेपाल
११ वैशाख २०७८ १४:००
812
Shares

काठमाडौं । कोरोना संक्रमित भएको पूर्व राजा र रानीलाई अस्पताल भर्ना गरिएको छ। पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल राज्यलक्ष्मी शाहलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो।

नर्भिक स्रोतका अनुसार निर्मल निवासमै होम आइसोलेसनमा बसेका राजारानीलाई स्वास्थ्यमा थप समस्या भएपछि दिउसो १ बजे नर्भिक ल्याइएको थियो। अहिले स्वास्थ्य अवस्था सामान्य रहेको स्रोतको भनाइ छ।

भारतको हरिद्धारमा सम्पन्न कुम्भमेलामा सहभागी भएर फर्किएका पूर्व राजा दम्पत्तीलाई फर्किए लगत्तै कोरोना संक्रमण पुष्टि भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *