काठमाडौं उपत्यकामा २४ घण्टामा ८५२ सवारी चालक कारबाहीमा

डिसी नेपाल
२५ भदौ २०८३ ७:३८

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८५२ जना सवारी चालकहरू कारबाहीमा परेका छन्।

उपत्यकाका विभिन्न स्थानमा बिहीबार बिहानसम्म सञ्चालन गरिएको विशेष जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी साधन चलाउने ८३ जना चालकलाई कारबाही गरिएको छ।

त्यस्तै सिसीटिभी मार्फत ६५ र रातोबत्तीको पालना नगर्ने ४८ जना चालक कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार तीव्र गतिमा चलाउने ७०, हर्न निषेध क्षेत्रमा हर्न बजाउने २५, लेन अनुशासन उल्लंघन गर्ने २४, सवारीसाधनको अवस्था ठिक नभएका २२ र एकतर्फी (वन-वे) सडकमा सवारी चलाउने १४ जनालाई कारबाही गरिएको छ।

यसैगरी अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ५०१ जना चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *