कञ्चनपुरमा कोरोनाका कारण ४० वर्षीय युवकको मृत्यु, दाङमा पनि थप एकले ज्यान गुमाए

डिसी नेपाल
११ वैशाख २०७८ १९:००
132
Shares

कञ्चनपुर । कोरोना भाइरस सङ्क्रमणका कारण भीमदत्त नगरपालिकाका एक युवकको मृत्यु भएको छ।

कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा भर्ना भएका भीमदत्त नगरपालिका–१८ भगतपुरका ४० वर्षीय युवकको शनिबार मृत्यु भएको अस्पताल कोभिड–१९ का सम्र्पक व्यक्ति डा गोविन्द रोकायाले जानकारी दिए। तीन दिनअघि भारतबाट घर फर्किएका ती युवकको उपचारका क्रममा मृत्यु भएको उनले बताए।

“तीन दिनअघि एन्टिजेन पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि यहाँ भर्ना गरिएको थियो”, डा रोकायाले भने, “मृतकको शव व्यवस्थापनका लागि सेनाको टोली आउँदैछ।” अस्पतालका अनुसार मृतकका श्रीमतीमा समेत कोरोना सङ्क्रमण देखिएको छ। पछिल्लो केही दिनयता कोरोना सङ्क्रमितको सङ्ख्या यहाँ वृद्धि हुँदै गएको छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले कोरोना लक्षणसहितका बिरामी बढ्न थालेपछि यहाँ आइसीयू बेड बढाइएको छ । “पहिले छ बेडको आइसीयू थियो, अहिले चौध बेड पु¥याइएको छ”, उनले भने, “अन्य व्यवस्थापनको काम पनि हुँदैछ ।”

 

यस्तै, दाङमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचाररत तुलसीपुर उपमहानगरपालिका–१० का ४२ वर्षीया महिलाको मृत्यु भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना स्रोत व्यक्ति विमल केसीले जानकारी दिए।

शुक्रबार पिसिआर परीक्षण गर्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *