संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको कोरोनाका कारण निधन
काठमाडौं। संविधानसभा सदस्य मोहम्मद सिद्दिकीको शनिबार कोरोनाका कारण निधन भएको छ। २०६४ को संविधानसभा निर्वाचनमा काँग्रेसबाट संविधानसभामा निर्वाचित सिद्दिकीको शनिबार भेरी अस्पताल बाँकेमा उपचारका क्रममा निधन भएको हो।
बाँकेमा हालसम्म ७८ जनाको कोरोनाका कारण निधन भइसकेको छ। कोरोनाको दोस्रो लहरमा बाँके सबैभन्दा धेरै प्रभावित भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment