एक शताब्दीपछि आर्मेनियालीहरुको हत्या औपचारिक रुपमा ‘नरसंहार’ घोषित

डिसी नेपाल
१२ वैशाख २०७८ ११:०८
668
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले एक शताब्दीअघि ओटोमन साम्राज्यमा भएको हत्या र आर्मेनियालीहरूको निर्वासनलाई ‘नरसंहार’को रूपमा औपचारिक मान्यता दिएका छन् । यससँगै बाइडेन आफूभन्दा अगाडिका राष्ट्रपतिको बाटो त्याग्दै टर्कीसँग तनाव उत्पन्न गर्ने जोखिम उठाएका छन् ।

राष्ट्रपतिको उम्मेदवारको रुपमा बाइडेनले अहिलेको समयमा टर्कीमा पर्ने ठाउँमा अर्मेनियालीहरुमाथि भएको व्यवहारलाई नरसंहारको रुपमा मान्यता दिने वचन दिएका थिए। आर्मेनियाली–अमेरिकीहरूले लामो समयदेखि अमेरिकी राष्ट्रपतिहरूलाई त्यसो गर्न आह्वान गर्दै आएका थिए। तर नाटोको प्रमुख सहयोगी टर्कीले अमेरिकालाई यसो नगर्न चेतावनी दिएको थियो । यो हिंसा प्रथम विश्वयुद्धको दौरान भएको रक्तपातपूर्ण द्वन्द्वको एक हिस्सा थियो भन्ने लामो समयदेखि मानिँदै आइएको छ।

राष्ट्रपति रेसेप तैयप एर्दोगानको टर्किस सरकारले भनेको छ ‘हामी सबैभन्दा कडा शब्दमा यसलाई अस्वीकार र भर्त्सना गर्छौं । यसले हाम्रो आपसी भरोसा र मित्रतालाई कमजोर पार्ने गहिरो खाडल खन्नेछ ।’ हालका वर्षहरूमा अमेरिका र टर्कीबीचको सम्बन्ध झनझनै तनावग्रस्त हुँदै गइरहेको छ । यद्यपि बाइडेनले एर्दोगानसँग शुक्रबार कुरा गरेका छन् ।

आर्मेनियाली प्रवासीले जातीय संहारको सुरुवात ठानेको घटनाको १०६ वर्षपछि शनिबार ‘आर्मेनियाली स्मृति दिवस’ लाई सम्बोधन गर्दै जारी गरिएको वक्तव्यमा बाइडेनले ‘नरसंहार’ शब्दको प्रयोग गरेका थिए। विगतका राष्ट्रपतिहरूले यो दिवसमा परम्परागत, वार्षिक घोषणा गर्दा पनि यो शब्द प्रयोग गर्नबाट बचेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.