अमेरिकी प्रथम महिलाले छुट्टै जागिर गरेर इतिहास रचिन्
काठमाडौं। अमेरिकी प्रथम महिला जिल बाइडेनले राष्ट्रपतिकी पत्नी हुँदाहुँदै आफैं छुट्टै जागिर गरेर इतिहास रचेकी छिन् । जिल यस्ती एकमात्र प्रथम महिला बनेकी छिन् जसले आफ्ना पति राष्ट्रपति हुँदा आफूले छुट्टै जागिर गरेर पैसा कमाइरहेकी छिन् । जिलले अहिले शिक्षण पेशा जारी राखेकी छिन् । स्कुलमा बच्चाहरुको समस्या जान्नु, सैनिकका परिवारसँग चर्चा गर्नु र अस्पतालमा बिरामीहरुको पीडा बाँड्ने काममा उनी निकै सहज देखिन्छिन् ।
हालै जिल दक्षिण पश्चिमी राज्यमा जनताको भ्याक्सिनप्रतिको डर हटाउन मापनसहरुसँग भेट्न गइन् । त्यसपघि उनले जुमको माध्यमबाट वाशिङटनको सामुदायिक कलेजमा अंग्रेजी पढाएकी थिइन् । विश्लेषकका अनुसार जिलले ह्वाइट हाउस बाहिर जागिर जारी राखेर यसै पनि इतिहास रचेकी छिन् । उनी नर्दर्न भर्जिनिया युनिभर्सिटीमा अंग्रेजीकी प्रोफेरि हुन् । उनी आफ्ना पूर्ववर्ती प्रथम महिलाहरु हिलारी क्लिन्टन, मिशेल ओबामा वा मेलानिया ट्रम्पजस्तो काम गरेर चर्चामा आउँदिनन् ।
फोर्डह्याम युनिभर्सिटीमा प्रोफेसर मोनिका म्याकडरमेटका अनुसार जिल जमिनसँग जोडिएकी छिन् । उनी प्रथम महिलाको प्रोटोकल त पालन गर्छिन् तर दम्भ देखाउँदिनन् । उनले हिलारीले जस्तो आक्रामक तरिका अपनाइनन् जो अलोकप्रिय थिए । उनी मेलानियाजस्तो देखाउने गर्दिनन् र मिशेलजस्तो गम्भीर विषयमा चर्चा गर्दिनन् । चुनाब अभियानको बेला पनि उनी प्रतिनिधिहरुसँग उनीहरुको परिवार र व्यक्तिगत विषयमा कुरा गर्थिन् । लेखिका केट एण्डरसनका अनुसार जिल अलग छिन् । उनी महामारीको चिन्ता पनि गर्छिन् र विद्यार्थीलाई पढाउन जारी राख्छिन् । उनी पतिको प्रोफाइलबाट परिभाषित हुन चाहन्नन् ।उनी भन्छिन् ‘ म शिक्षक हुँ र शिक्षक नै रहिरहन मन पर्छ ।







डिसी नेपाल








Facebook Comment