प्रधानमन्त्रीको पुत्ला दहन गर्ने नेविसंघका ६ जना पक्राउ
धनुषा । जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने प्रधानमन्त्रीको पुत्ला दहन गर्ने नेविसंघका ६ जना पक्राउ परेका छन्।
सोमबार साँझ जनकपुरको रामानन्दचोकमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
नेविसंघका जिल्ला सभापति सुजित मिश्र सहित ६ जनालाई नेपाल प्रहरी धनुषाले पक्राउ गरेको हो। त्यस्तै भरत साह, नवनित झा, सुनिल सुमन, घनश्याम झा र नवीन यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
काभ्रेको मण्डन देउपुर नगरपालिका तपेश्वर उच्च माविका नेविसंघ इकाई सभापति कृष्ण ढकालको रिहा गर्न नेविसंघले देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment