दिल्लीमा हाहाकारः श्मशान घाटमा शव जलाउने ठाउँ नपाएपछि पार्कमा अन्तिम संस्कार
काठमाडौं। छिमेकी मुलुक भारतको राजधानी दिल्लीमा कोरोना संक्रमण आतंक जारी छ। दैनिक सयौं मानिसहरुको कोरोनाका कारण मृत्यु भइरहेको छ। यसरी दैनिक सयौंको संख्यामा मानिसहरुको मृत्यु भएपछि शवले अन्तिम संस्कारका लागि पालो पर्खिनुपर्ने पीडादायी अवस्था आएको छ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार दिल्लीको काले सराय खाँ श्मशमान घाटमा शव जलाउने ठाउँको अपुग भएपछि पार्कमा शव जलाउने व्यवस्था मिलाइएको छ। समाचार अनुसार मानिसहरु घुम्न आउने पार्कमा अब अन्तिम संस्कार हुनेछ। केही दिन अघि दिल्लीमा सयौं शवको सामुहिक दाहासंस्कार गरिएको हृदयविदारक भिडियो भाइरल बनेको थियो।
यसैबीच दिल्लीमा जारी लकडाउन अवधिलाई थप गरिएको छ। एक हप्ता लकडाउन थपिएको हो। दिल्लीमा अक्सिजन कमि हुँदा एक अस्पतालमा २५ जना विरामीको मृत्यु भएको थियो। भारतमा अहिले अस्पतालमा बेड खाली छैनन् भने अक्सिजनको पनि अभाव भएको छ। अहिले भारतमा अन्य मुलुकबाट अक्सिजन आयात शुरु गरिएको छ।







डिसी नेपाल








Facebook Comment