इराकको अस्पतालमा अक्सिजन ट्यांक विस्फोट हुँदा ८२ जनाको मृत्यु
बग्दाद (एजेन्सी)। इराकको राजधानीस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा ८२ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार बग्ददास्थित अल खतीब अस्पतालमा भएको सो दुर्घटनामा अन्य १०० जना घाइते भएका छन्। समाचार अनुसार अस्पतालमा अक्सिजन ट्यांक विस्फोट भएपछि आगलागी भएको हो।

इराकी प्रधानमन्त्री मुस्तफ़ा अलकदीमी यो दुर्घटनालाई दूर्भाग्यपूर्ण भनेका छन्। उनले सो घटनाबारे तुरुन्त छानविन गर्नसमेत निर्देशन दिएका छन् । समाचार अनुसार मृत्यु हुनेहरुमा केही कोरोना संक्रमितसमेत थिए। एकजना प्रत्यक्षदर्शीले एकपछि अर्को विस्फोट भएको र आगलागी भएको बताएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment