कोरोना महामारीका बीच भारतमा चुनाव

डिसी नेपाल
१३ वैशाख २०७८ ९:३२
196
Shares

नयाँ दिल्ली (एजेन्सी)। कोरोनाको दोस्रो लहरको चपेटामा दैनिक हजारौंको संख्यामा मानिसहरुको मृत्यु भइरहेका बेला भारतका केही राज्यहरुमा भने चुनाव भइरहेको छ। कोरोनाबाट सबैभन्दा प्रभावित मध्येको एक राज्य उत्तर प्रदेशमा ग्राम पञ्च्यातको चुनाव भइरहेको छ।

उत्तर प्रदेशमा चुनाव भइरहँदा चुनावा खटिएका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको बीबीसी हिन्दीको रिपोर्टमा जनाइएको छ। बीबीसीका अनुसार चुनावका कारण कर्मचारीहरुमा डरको माहोल बनेको छ।

एक कर्मचारीले आफू संक्रमित रहेको तर पनि मतगणनाको तालिमका लागि आफूलाई बोलाइएको बताएका छन्।

उता पश्चिम बंगालमा विधानसभाको सोमबार सातौं तथा अन्तिम चरणको मतदान भइरहेको छ। पश्चिम बंगलामा चुनावको पहिलो चरण शुरु हुँदा नै भारत कोरोना महामारीको दोस्रो लहरको चपेटामा परिसकेको थियो। तर राजनीतिक दलहरुले आफ्नो चुनावीसभालाई जारी राखेका थिए। बाध्य भएर निर्वाचन आयोगले अन्तिम चरणको चुनावअघिमात्र चुनावी सभामा रोक लगाएको थियो।

यतिमात्र होइन, कोरोना माहामारीकै बीच उत्तराखण्डको हरिद्वारमा कुम्भ मेला आयोजना गरियो। कुम्भमा सहभागी हजारौंलाई कोरोना संक्रमण भइसकेको छ। भारतमा दैनिक साढे तीन लाखभन्दा धेरै नयाँ संक्रमणका केसहरु पुष्टि हुने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.