मन्त्रिपरिषद बैठक बस्दै, सीसीएमसीको सिफारिसका विषयमा निर्णय हुने

डिसी नेपाल
१३ वैशाख २०७८ १०:१९
252
Shares

काठमाडौं। कोरोना महामारीले विकराल रुप लिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास  बालुवाटारमा साँभ बस्ने बैठकमा सीसीएमसीले आइतबार गरेको सिफारिसका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए।

आइतबार बसेको सीसीएमसीको बैठकले पाँच सय सक्रिय संक्रमित देखिएका जिल्लामा निषेधाज्ञा लगाउन, सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो।

मन्त्रिपरिषद बैठकले सीसीएमसीले गरेको सिफारिसका विषयमा निर्णय लिनुका साथै अन्य नियमित एजेण्डाका विषयमा पनि छलफल गर्दैछ। रिक्त रहेका मुलुकमा राजदूत नियुक्तीका विषयमा पनि छलफल हुने एजेण्डा रहेको स्रोतले जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *