देशकै महंगो सम्बन्धविच्छेद, श्रीमानले श्रीमतीलाई होइन छोराले आमालाई १२ अर्ब रुपैयाँ दिने

डिसी नेपाल
१३ वैशाख २०७८ १६:१८
10.8k
Shares

काठमाडौं। सम्बन्धविच्छेदका थुप्रै घटनाहरू भइरहन्छन् जसमा कहिलेकाहीं एउटा पक्षले धेरै पैसा तिर्छ र कहिलेकाहीं अर्को पक्षले धेरै पैसा तिर्छ। पछिल्लो समय बेलायतमा यस्तो सम्बन्धविच्छेद भएको छ जहाँ श्रीमान श्रीमतीबीच सम्बन्ध विच्छेदको विवादमा छोराले आमालाई झण्डै १२ अर्ब ४५ करोड रुपैयाँ तिर्नुपर्ने भएको छ । यसलाई बेलायतको सबैभन्दा महंगो सम्बन्ध विच्छेद मानिएको छ ।

बीबीसीको रिपोर्टअनुसार लण्डनको एउटा अदालतले यो फैसला सुनाएको हो। यो मुद्दा लण्डनमा बस्ने अजरबैजानका अर्बपति फरहाद उनकी पूर्वपत्नी तात्याना र उनीहरूको छोरा तैमुरसित सम्बन्धित छ। न्यायाधीशले आफ्नो फैसलामा आरोपी छोराले आफ्ना पितालाई आफ्नो सम्पत्ति लुकाउन बेइमानी गरेको ठहर गरेका छन् । खासमा तैमुरले बाबुको सम्पत्तिको हिस्सा विभाजन नहोस् र आमाले सम्बन्ध विच्छेदको समयमा बढी क्षतिपूर्ति नपाउन् भन्ने चाहन्थे।

रिपोर्टअनुसार न्यायाधीशले आफ्नो आदेशमा अर्बपति फरहादका छोरा तैमुरले आफ्नो बुबाको सम्पत्ति लुकाएको ठहर गरेका छन् । पैसा लुकाएको अभियोग लागेपछि तैमुरले सफाइमा आफूले कलेज पढ्दा व्यापार गरेको र त्यसमा घाटा भएको बताएका थिए । उनले बाबुको पैसा आमाबाट लुकाएर राखेको नभइ व्यवसाय गर्दा गर्दै पैसा गुमाएको तर्क गरेका थिए । अदालतले आफ्नो आदेशमा तैमुरले आफ्नी आमालाई वैवाहिक सम्पत्तिको पैसा लिनबाट कसरी रोक्न सक्छन् भनी प्रश्न समेत उठाएको छ ।

न्यायाधीशले तैमुरकी आमा तात्यानाको पक्ष पनि जान्न चाहेका थिए । उनी लण्डनको विलासी अपार्टमेन्ट पनि आफूले पाउँ भन्ने चाहन्थिन् । तथापि, उनी त्यसको बदलामा पैसा लिन पनि राजी थिइन् । अन्ततः न्यायाधीशले आफ्नो फैसलामा तैमुरले अब आफ्नी आमालाई ७५ मिलियन पाउण्ड तिर्न आदेश दिएका छन् ।

रिपोर्टअनुसार तैमुरका पिता फरहादको जन्म अजरबैजानमा भएको थियो। सन् २०१२ को नोभेम्बरमा फरहदले रुसी ग्याँस उत्पादक संस्थामा आफ्नो शेयर १.४ अर्ब डलरमा बेचेर यति ठूलो धन कमाएका थिए । तर, उनले आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरेपछि एक पैसा पनि तिर्न मानेनन् ।

तात्यानाले सम्बन्धविच्छेदपछि केही पनि नपाएपछि मुद्दा दर्ता गरेकी थिइन्। त्यति मात्र होइन, उनले पूर्वपतिविरुद्ध कम्तीमा ६ वटा देशमा मुद्दा दर्ता गराएकी थिइन् । त्यसपछि लण्डनको अदालतले यो फैसला सुनाएको हो। फरहादले अदालतको निर्णय गलत र भ्रामक भएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.