चीनले भन्योः भारतलाई सहयोग गर्न तयार छौं

डिसी नेपाल
१३ वैशाख २०७८ २०:१४
348
Shares

बेइजिङ (एजेन्सी)। कोरोना महामारीको दोस्रो लहरसँग जुधिरहेको भारतलाई चीनले सहयोग गर्ने बताएको छ। चीनले भारतमा बढ्दो कोरोना संक्रमणप्रति चिन्ता प्रकट गरेको छ। चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुवा चुनयिंगले भारतलाई आवश्यक सहयोग गर्न चीन तयार रहेको बताएका छन्। उनले भारतले के के आवश्यक हो मागेमा चीनले दिने बताएका छन्।

भारतमा हाल दैनिक साढे तीन लाखभन्दा धेरै संक्रमित भइरहेका छन्। अक्सिजन र अस्पतालमा बेड अभाव हुँदा संक्रमितहरुले अकालमै ज्यान गुमाइरहेका छन्। खास गरी भारतमा अक्सिजनको चरम अभाव हुँदा हाहाकार मच्चिएको छ।

भारतको यो अवस्थापछि विश्वभरका मुलुकहरुले सहयोगको हात अगाडि बढाएका छन्। भारतको छिमेकी चीनले पनि सहयोगका लागि तयार रहेको बताएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *