कोरोना नेगेटिभ रिपोर्ट देखाएर भारतबाट विमान चढेका ५२ यात्रु ल्याण्ड गरेपछि जाँच्दा संक्रमित
काठमाडौं। भारतको नयाँ दिल्लीबाट कोरोना नेगेटिभ रिपोर्ट देखाएर विमानमा चढेका कम्तीमा ५२ जना यात्रु हङकङमा ल्याण्ड गरेपछि जाँच्दा संक्रमित पाइएका छन् । यी सबै यात्रु एउटै विमानमा चढेर हङकङ पुगेका थिए । यी सबै यात्रु अप्रिल ४ का दिन भारतको विस्तारा एयरलाइन्सबाट हङकङ पुगेका थिए ।
यो विमानबाट गएका जति यात्रु संक्रमित देखिएका थिए हङकङमा एक दिनमा देशैभरी पनि त्यति धेरै संक्रमित देखिएका थिएनन् । हङकङले चौथो लहरलाई जनवरीमा नियन्त्रण गरेयता संक्रमितको संख्या निकै कम थियो । भारतमा भने अहिले दैनिक २ हजार ८ सय जनाको कोरोनाभाइरसका कारण मृत्यु हुने गरेको छ ।
स्रोतलाई उद्धृत गर्दै डेलीमेलले उक्त जहाजमा १८८ यात्रुले यात्रा गरेको हुन सक्ने बताएको छ तर हङकङका अधिकारिले भने आधिकारिक रुपमा विमानमा कति यात्रु थिए भन्ने खुलासा गरेका छैनन् । स्वास्थ्य विशेषज्ञहरुका अनुसार विमानको उन्नत भेन्टिलेसन प्रणालीले गर्दा विमानभित्र एक जना संक्रमितबाट ठूलो संख्यामा संक्रमित हुने जोखिम निकै न्यून पारेको छ । साथमा अन्य केही सैद्धान्तिक कुराले पनि हङकङ क्लस्टरको उडानमा यति ठूलो संख्यामा विमानभित्र संक्रमण फैलिएको हुन सक्ने देखाउँदैन ।
विज्ञहरुले उडानका यात्रुमध्ये यति धेरै संख्यामा संक्रमित देखिनुका विभिन्न ४ कारण हुन सक्ने बताएका छन् । उनीहरुका अनुसार पहिलो कारण ती यात्रुहरु आफूहरुको कोरोना परीक्षणपछि उडानभन्दा अगाडि संक्रमित भएका हुन सक्छन् किनकि यात्रुले ७२ घण्टाभित्रको नेगेटिभ रिपोर्ट देखाउने प्रावधान छ । दोस्रो कारण भारतको अत्यन्तै चापमा परेको स्वास्थ्य प्रणालीले उनीहरु संक्रमित भएको प्रस्ट रुपमा नदेखाएको हुन सक्छ वा केही यात्रुहरुले झुटो रिपोर्ट देखाएको हुन सक्छ ।
तेस्रो सम्भावना ती यात्रुहरु हङकङको क्वारेन्टाइन होटलमा संक्रमित भएको पनि हुन सक्छ । र, चौथो सम्भावना विमानमा कुनै यात्रु कोरोनाभाइरसको अत्यन्तै संक्रामक स्ट्रेनबाट संक्रमित भएको हुन सक्छ जसबाट विमानको सुरक्षा प्रणालीका बावजुद संक्रमण फैलिएको हुन सक्छ । यी सबै यात्रुको पोजेटिभ रिपोर्ट त्यहाँको अनिवार्य ३ हप्ताको क्वारेन्टाइन अवधिमा देखिएको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment