महिलाको २ सय २० फिट तल खसेर मृत्यु, झ्याल सफा गर्ने क्रममा सन्तुलन बिग्रिएको थियो
काठमाडौं। २ सय २० फिट उचाइमा रहेको झ्याल सफा गर्ने क्रममा सन्तुलन बिग्रिएपछि एक महिलाको तल खसेर मृत्यु भएको छ । २७ वर्षकी ओल्गा नौलेतोभा नामकी ती महिलाले अग्लो भवनमा रहेको आफ्नो अपार्टमेन्टको झ्याल सफा गर्ने क्रममा सन्तुलन बिग्रिएको रिपोर्टमा जनाइएको छ ।
रुसको कजान सहरमा रहेको भवनको २१ औं तलामा रहेको अपार्टमेन्टको झ्यालबाट झर्नुअघि उनी झ्यालमा निस्किएको देखिएकी थिइन् । प्रत्यक्षदर्शीले पुलिसलाई बताएअनुसार उनीहरुले ती महिलाले एक्कासी सन्तुलन गुमाएको देखेका थिए । उनी खस्दै गर्दाको एक भिडियो पनि सार्वजनिक भएको छ । ती महिलाले झ्याल सफा गर्ने क्रममा असावधानी गरेका कारण दुर्घटना भएको बताइएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment