मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा आजै निर्णय हुने

डिसी नेपाल
१५ वैशाख २०७८ १५:१४
96
Shares

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आज निर्णय हुने भएको छ।

सोमबारदेखि शुरु भएको प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा प्रस्ताव सम्बन्धमा छलफल भई मुख्यमन्त्री गुरुङले जवाफ दिनेछन्। मुख्यमन्त्रीले जवाफ दिएपछि सो प्रस्तावमाथि निर्णय गरिने कार्यसूची छ।

मङ्गलबारको बैठकमा नेकपा(एमाले)का प्रदेशसभासद्ले कोरोना परीक्षण नगरी बैठक बस्न नहुने जनाई अवरोध गरेपछि बैठक स्थगन भएको थियो।

परीक्षण सम्बन्धमा सहमति जुटेपछि प्रदेशसभा सदस्य एवम् कर्मचारीको पिसिआर परीक्षणपछि आजको बैठक शुरु भएको हो। बैठकमा प्रस्ताव सम्बन्धमा छलफल चलिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *