कोभिशिल्ड भ्याक्सिनका के–के हुन्छन् साइड इफेक्ट, ल्यान्सेटको अध्ययनमा खुले यस्ता तथ्य
काठमाडौं। नेपालमा अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको कोभिशिल्ड भ्याक्सिन दिइँदैछ । यही बीचमा वैज्ञानिक जर्नल ल्यान्सेटको एक अध्ययन सार्वजनिक भएको छ । अध्ययनका अनुसार कोभिशिल्ड भ्याक्सिन लगाउने हरेक ४ जनामध्ये १ जनामा साइड इफेक्ट देखिएको छ । ल्यान्सेटले भ्याक्सिनको साइड इफेक्ट जान्नको लागि लण्डनको किंग्स कलेजमा अनुसन्धान गरेको थियो । यसमा अक्सफोर्डको कोभिशिल्ड र फाइजर दुवै भ्याक्सिन लगाउँदा हल्का साइड इफेक्ट देखिएको पाइएको छ ।
टाउको दुख्ने, भ्याक्सिन लगाएको ठाउँमा दुख्ने, थकाइ लाग्ने सबैभन्दा आम साइड इफेक्ट हो । यी साइड इफेक्ट भ्याक्सिन लगाएको २४ घण्टासम्म सबैभन्दा धेरै हुन्छ र त्यसपछिका २ दिनसम्म रहन सक्छ । केही मानिसहरुमा भने काँप्ने, पखाला लाग्ने, ज्वरो आउने, जोर्नी दुख्ने जस्ता साइड इफेक्ट देखिए । ल्यान्सेटले यो अध्ययन ८ डिसेम्बरदेखि १० मार्चसम्म गरेको थियो जसमा ६ लाख २७ हजार ३८३ जनाको अध्ययन गरिएको थियो ।
किंग्स कलेजका प्रोफेसर तथा वैज्ञानिक टिम स्पेक्टरका अनुसार भ्याक्सिन लगाएपछि ५० वर्षभन्दा माथिका मानिसहरुमा सामान्य साइड इफेक्ट देखिए । ५५ वर्षभन्दा कम उमेरका मानिसहरु र महिलाहरुमा भने साइड इफेक्ट धेरै देखियो । अध्ययनमा कोभिशिल्डको पहिलो डोज लगाएपछि १२ देखि २१ दिन भित्र संक्रमण दर ३९ प्रतिशतसम्म कम भएको थियो । २१ दिनको समय बितेपछि संक्रमण दर ६० प्रतिशत कम भयो ।







डिसी नेपाल








Facebook Comment