ब्वाइफ्रेण्डसँग फोनमा कुरा गर्दा समातिइन् युवती, सयौं मान्छेको अगाडि ४० कोर्रा हानियो

डिसी नेपाल
१६ वैशाख २०७८ १५:३६
1.1k
Shares

काठमाडौं। कुनै युवतीले कुनै युवकसँग फोनमा कुरा गर्नु हाम्रो देशमा अपराध होइन । तर, कहिलेकाहीँ यही विषयले कसैले सजाय पाएका घटनाहरु पनि भएका छन् । पछिल्लो पटक यस्तो घटना अफगानिस्तानमा भएको छ । यहाँ एक युवतीलाई ब्वाइफ्रेण्डसँग फोनमा कुरा गर्नु निकै घातक भएको छ ।

द सनको रिपोर्टअनुसार घटना अफगानिस्तानको हेरात प्रान्तको हो । यहाँको हप्तागोला नामक ठाउँमा एक युवतीलाई ब्याइफ्रेण्डसँग कुरा गरेका कारण तालिबानले क्रुर सजाय दिएको छ । यो घटनाको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा ती युवतीलाई खुल्ला ठाउँमा ल्याएर सयौं मानिसहरुको अगाडि कोर्रा हानेको देख्न सकिन्छ । युवतीमाथि कोर्रा बर्सिंदै थिए र वरिपरि बसेका मानिसहरु यो घटनाको भिडियो बनाइरहेका थिए । यो सजाय हेर्न सयौं मानिसहरु आएका थिए । उनीहरु बसेर चुपचाप हेरिरहेका थिए ।

रिपोर्टका अनुसार यवती आफ्ना ब्वाइफ्रेण्डसँग कुरा गर्दै थिइन् र त्यही बेला कसैले उनलाई देखेका थिए । त्यसपछि स्थानीय मानिसहरुले उनलाई सजाय दिलाउनको लागि तालिबानकहाँ लिएर गए । त्यहाँ पूरै कुरा सुनेर मौलानाले उनलाई सजाय सुनाए । मौलानाले उनलाई कोर्रा हान्ने सजाय सुनाए । त्यसपछि युवतीलाई खुल्ला ठाउँमा लगियो र त्यहाँ ४० कोर्रा हानियो । सजाय पाउँदै गर्दा बुर्कामा भएकी युवती रोइरहेकी थिइन् । उनले गल्ती मान्दै माफी मागिरहेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.