आत्महत्या गर्न हाम्फालेका युवक आफूमाथि खस्दा जमिनमा हिँडिरहेकी युवतीको मृत्यु

डिसी नेपाल
१६ वैशाख २०७८ १५:५९
6.9k
Shares

काठमाडौं। आत्महत्या गर्न भनेर ९ तला माथिबाट हाम्फालेका एक युवक आफूमाथि खस्दा जमिनमा हिँडिरहेकी एक युवतीको मृत्यु भएको छ । अमेरिकाको क्यालिफोर्नियाको सान डिएको सहरमा आइतबार आफ्ना प्रेमीसँग हिँडिरहेकी २९ वर्षकी टेलर काहलेमाथि आत्महत्या गर्न हाम्फालेका युवक खसेका थिए ।

हाम्फाल्ने युवक २० देखि ३० वर्ष उमेरको भएको अनुमान गरिएको छ । उनको पहिचान खुलेको छैन । युवक आफूमाथि खसेपछि काहलेको घटनास्थलमै मृत्यु भएको थियो । हाम्फाल्ने युवकलाई अस्पताल लगिएको थियो तर अस्पताल लगेको केही समयमै उनलाई पनि मृत घोषित गरियो ।

उनका हाकिम लरेल म्याकफर्लेनले सीबीएस ८ सँग कुरा गर्दै उनकोमा काम गर्ने महिला आफ्ना केटा साथीसँग दोस्रो डेटिङमा गएको बताए । उनीहरु त्यस दिन चिडियाखाना गएका थिए र साँझ डिनरका लागि गएका थिए । म्याकफर्लेनका अनुसार मृतक काहले अंगदाता हुन् र उनले आफ्ना अंग दान गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.