अमेरिकी संसदको संयुक्त सत्रमा पहिलोपटक सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले के भने ?
काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार अमेरिकी कंग्रेसको पहिलो संयुत्तः सत्रलाई सम्बोधन गरेका छन् । उनले अमेरिकाले आफ्नो सारा शक्ति कोरोना विरुद्धको लडाइँमा केन्द्रित गरेको बताउँदै अमेरिका एकपटक फेरि उडानको लागि टेकअप गर्न तयार भएको बताए । उनले आफूहरुले सुरु गरेको खोप कार्यक्रमलाई देशको इतिहासमा सबैभन्दा ठूलो उपलब्धि बताए ।
उनले अमेरिका फेरि प्रगतिको बाटोमा लागेको बताए। ‘हामी फेरि काम गर्दैछौं, सपना देख्छौं र नयाँ कुराहरूको खोजीमा छौं’, उनले भने ‘अमेरिकाले फेरि एक पटक विश्वलाई नेतृत्व गरिरहेको छ। हामीले एकअर्कालाई र संसारलाई देखाएका छौं कि अमेरिकामा हार नमान्नुको विकल्प छैन ।’ अर्थतन्त्रलाई सही बाटोमा फर्काउन अझ बढी प्रयास गर्नुपर्ने बाइडेनले बताए । ‘हामी अझ राम्रो तरिकाले कमब्याक गर्छौं भन्ने कुरामा म विश्वस्त छु’ उनले भने ।
अमेरिकी जनतालाई भ्याक्सिन लगाउन अपिल गर्दै उनले भने ‘भ्याक्सिन लगाउनुहोस् । हामीसँग भ्याक्सिनको कुनै कमी छैन ।’ अमेरिकाले इन्डो–प्यासिफिक क्षेत्रमा बलियो सेनाको उपस्थिति कायम राख्ने बाइडेनले बताए । ‘यो द्वन्द्व सुरु गर्नको लागि होइन तर अन्य देशहरूलाई त्यसो गर्नबाट रोक्नका लागि हो। मैले चिनियाँ राष्ट्रपति शि जिनपिङलाई भनेको थिएँ अमेरिकाले प्रतिस्पर्धालाई स्वागत गर्छ तर द्वन्द्व चाहँदैन ।’ अमेरिकाको प्रतिनिधि सभाकी सभामुख नेन्सी पेलोसीले बाइडेनलाई निमन्त्रणा पठाएकी थिइन् । बाइडेनले पहिलो पटक कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरेका हुन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment