पाकिस्तानले ४०–४९ वर्ष समूहका नागरिकलाई कोभिड–१९बिरूद्धको खोप अभियान सुरू गर्ने

डिसी नेपाल
१६ वैशाख २०७८ २२:५९
20
Shares

इस्लामाबाद । पाकिस्तानले ४०–४९ वर्ष समूहका नागरिकलाई कोभिड–१९ बिरूद्धको खोप अभियान सुरू गर्ने बताएको छ । पाकिस्तानको नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसीओसी)का अध्यक्ष असद उमरले बिहीबार सिन्ह्वालाई उक्त जानकारी गराएका हुन्।

खोप लगाउनका लागि भएको दर्ता गतिमा सन्तुष्टि व्यक्त गर्दै उमरले ट्विटरमा भनेका छन्, “बिहीबार लगातार दोस्रो दिनमा खोप लगाउने नागरिकको सहभागिता सन्तोषजनक छ । पाकिस्तानले दोस्रो दिनमा एक लाखभन्दा बढी नागरिकलाई खोप लगाइसकेको छ ।

यसअघि मंगलबार, पाकिस्तानले ४०–४९ उमेर समूहका नागरिकको लागि कोभिड–१९ खोपका लागि नाम दर्ता गर्न सुरू गरेको थियो । पाकिस्तानले ५० वर्षभन्दा माथि उमेरसमूहका सबै नागरिकका लागि चीनले सहयोग उपलब्ध गराएका कोभिड–१९ खोप लगाउन अनुमति दिइसकेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *