फ्रान्समा सैनिक कूको धम्की दिने १८ जना सैनिक अधिकारीलाई सेनाबाट निकालिँदै
काठमाडौं। फ्रान्समा सैनिक कूमार्फत देशको सत्तामा नियन्त्रण गर्ने धम्की दिएपछि १८ जना सैनिक अधिकारी सेनाबाट निष्काशित हुने भएका छन् । उनीहरुले सरकारलाई दिएको चेतावनीमा कट्टरपन्थी इस्लामिकहरुसँग लड्न तत्का कदम चालिनुपर्ने अन्यथा देशमा हजारौंको मृत्यु हुन सक्ने चेतावनी दिएका थिए । यसअघि हजारौं अवकाशप्राप्त सैनिक अधिकारीहरुले पनि एक खुला पत्रमार्फत फ्रान्स गृहयुद्धतर्फ अगाडि बढिरहेको चेतावनी दिएका थिए ।
द सनका अनुसार राष्ट्रपति इम्मानुएल म्याक्रोनको सरकारले यो पत्रलाई ‘आक्रोश’ भन्दै निन्दा गरेको छ र यसलाई ६० वर्षअघि राष्ट्रपति डि गल्लेविरुद्ध गर्न खोजिएको असफल कूसँग तुलना गरेको छ । यसले फ्रान्समा आइएसआइएस सम्बन्धित आतंकवादी आक्रमणको चिन्ता बढाएको छ र केहीले यसलाई फ्रान्सको धर्मनिरपेक्ष आदर्शको पतनको रुपमा पनि हेरेका छन् । गत वर्ष फ्रान्समा शिक्षक सामुएल पेटिको टाउको काटिएपछि त्यहाँ अभिव्यक्ति स्वतन्त्रताको पक्षमा र पृथकतावादीमाथि सरकारले दमन गर्नुपर्ने पक्षमा लगातार प्रदर्शन भइरहेका छन् ।
चिफ अफ डिफेन्स स्टाफ जनरल फ्रान्सिस लेसेन्त्रेले सैनिक अधिकारीबाट कूको प्रयासस्वरुप भएको आचरणबाट आफूलाई धक्का लागेको बताएका छन् । ‘म आशा गर्छु उनीहरुलाई सिधै अवकाश हुने निर्णय हुनेछ’ जनरल लेसेन्त्रेले पेरिसियन अखबारसँग भने ‘यो पृथक किसिमको प्रक्रिया हो र सशस्त्र बल मन्त्रालयको अनुरोधमा हामी यसलाई तत्काल सुरु गर्दैछौं ।’ अन्त्यमा राष्ट्रपतिले उनीहरुलाई निष्काशन गर्ने आदेशमा हस्ताक्षर गर्ने उनले बताए ।







डिसी नेपाल








Facebook Comment