‘शुटर दादी’ चन्द्रो तोमरको कोरोनाले निधन, उनको जीवनकथामा बलिउड फिल्म बनेको थियो

डिसी नेपाल
१७ वैशाख २०७८ १६:४०
188
Shares

काठमाडौं। शुटर दादीको नामले चर्चित महिला चन्द्रो तोमरको निधन भएको छ । पछिल्लो समय उनी सास लिन समस्या भएपछि मेरठको अस्पतालमा भर्ना भएकी थिइन् ।

८९ वर्षकी चन्द्रो संक्रमित भएको खबर उनको परिवारले ३ दिन पहिले उनको सामाजिक संजालमा पोस्ट गरेका थिए । वृद्ध उमेरमा बन्दूक चलाएर सुटिङ प्रतियोगितामा पदक समेत जितेकी उनको जीवनकथामा बलिउड फिल्म सांड की आँख बनेको थियो ।

फिल्ममा चन्द्रो तोमरको भूमिका भूमि पेडनेकरले गरेकी थिइन् । फिल्ममा चन्द्रोकी बहिनी प्रकाशी तोमरको भूमिका तापसी पन्नुले गरेकी थिइन् । चन्द्रोको निधनपछि सांड की आँख अभिनेत्री भूमि पेडनेकर र तापसी पन्नुले सामाजिक संजालमार्फत श्रद्धाञ्जली दिएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.