शुक्रबार काठमाडौं उपत्यकामा मात्रै २ हजार ९५६ जनामा कोरोना संक्रमण

डिसी नेपाल
१७ वैशाख २०७८ १७:०५
204
Shares

काठमाडौं । पछिल्लोा २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ९५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा २ हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २ हजार ९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ३३ जनाको मृत्यु भएको छ भने थप ५ हजार ७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ रहेको छ । पछिल्लो २४ घण्टामा ९२८ जना निको भएका छन् । हालसम्म कोरोनाको कारण ३ हजार २७९ जनाको मृत्यु भएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.