ट्रम्पले सुरु गरेका सीमामा पर्खाल बनाउने परियोजना पेन्टागनले रोकिदियो
काठमाडौं। अमेरिकाको बाइडेन प्रशासनले शुक्रबार पूर्ववर्ती सरकारले सेनाको बजेट स्थानान्तरण गरेर सीमामा पर्खाल बनाउनका लागि सुरु गरेका सबै परियोजना रोक्ने घोषणा गरेको पेन्टागनका एक प्रवक्ताले बताएका छन् । २०१९ को सुरुमा अमेरिकी कंग्रेसले ट्रम्पको योजनाअनुसार सीमामा पर्खाल बनाउनको लागि आवश्यक बजेट छुट्याउन अस्वीकार गरेपछि ट्रम्पले रक्षा बजेट स्थानान्तरण गरेर सीमामा पर्खाल बनाउन सुरु गरेका थिए ।
एनसीबी न्यूजका अनुसार शुक्रबार पेन्टागनको डेप्युटी प्रवक्ता जमाल ब्राउनले रक्षा विभागले ती सबै सीमा आवरोध निर्माणको काम बन्द गर्ने निर्णय गरेको छ जसमा सेनाका विभिन्न मिसन र अन्य कार्यक्रमको लागि छुट्याइएको पैसा स्थानान्तरण गरेर खर्च गर्ने तय गरिएको थियो । सेनाका विभिन्न मिसन, सेनाका बालबालिकाको लागि स्कुल, देशबाहिर साझेदार देशहरुसँग गरिने सेनाको निर्माण परियोजना, नेशनल गार्ड र रिजर्भ पैसा ट्रम्प प्रशासनले पर्खाल निर्माणमा लगाउने निर्णय गरेको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment