महामारीविरुद्ध अग्रपंक्तिमा कार्यरत व्यक्तिहरुलाई टाटा मोटर्सको बिशेष योजना
काठमाडौं। सिप्रदी ट्रेडिङ प्रा. लि. ले नोवल कोरना भाईरस महामारी बिरुद्ध अग्रपंक्तिमा कार्यरत व्यक्तिहरुका लागि बिशेष योजना सार्वजनिक गरेको छ।
सिप्रदीले महामारीको प्रतिकुल परिस्थितिमा ज्यान जोखिममा राखेर निरन्तर सेवा पुर्याउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु लगायत यस महामारीमा अग्रपंक्तिमा रहेर सेवा पुर्याउने सम्पुर्ण व्यक्तिहरुका लागि यो योजना ल्याएको जनाएको छ।
यस योजना अनुसार कम्पनीको पूर्वनिर्धारित सुविधाहरु बाहेक थप सुबिधा प्राप्त गर्न सकिनेछ। जसमा बिशेष नगद छुट १ लाख ५० हजारका साथ साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई थप ५० हजार रुपैयाँ नगद छुट पाउने छन्।
यस्तै टाटा गाडीसँग जुनसुकै गाडी साट्दा ५० हजार रुपैयाँ एक्सचेन्ज बोनस, र टाटाको गाडीसँग टाटाको गाडी साट्दा लोयल्टी बोनस स्वरुप ३० हजार रुपैयाँ प्राप्त गर्न सकिनेछ।
सिप्रदी नेपालका लागि टाटा मोर्टसको एकमात्र अधिकारिक विक्रेता हो।







डिसी नेपाल







Facebook Comment