साथीको पीडा बुझ्न विश्वविद्यालयमा यस्तो विषय पढे, संसारकै खतरनाक जेलमा पुगे

डिसी नेपाल
२० वैशाख २०७८ १५:२५

काठमाडौं। एक कलेज विद्यार्थीलले कत्ति पनि सोचेका थिएनन् कि उनले विश्वविद्यालयमा पढेको विषयका कारण उनलाई जेलमा हालिनेछ । अस्ट्रियाको सेन्ट्रल युरोपियन युनिभर्सिटीमा समाजशास्त्र तथा मानवशास्त्रका छात्र इजिप्टका नागरिक अहमद समिर सान्तावीलाई उनले स्नातकोत्तरमा पढेको विषयमा शोध गर्न खोज्दा संसारकै सबैभन्दा खतरनाक मानिने जेलमा हालिएको छ ।

अहमदकी गर्लफ्रेण्ड सोहेला यिल्दिज बेल्जियममा पढ्छिन् । यी दुई वर्षौंदेखि टाढा रहेर सम्बन्धमा छन् । भाइस वर्ल्डसँग कुरा गर्दै सोहेलाले बताउअनुसार यो सब त्यतिबेला सुरु भएको थियो जब अहमदकी एक साथीले इजिप्टमा गर्भपतनका विषयमा एक भयानक अनुभवसँग गुज्रिनुपरेको थियो । अहमद आफ्नी साथीको भोगाइबाट निकै भावुक भए । त्यसपछि अहमदले आफ्नो स्नातकोत्तरको शोध इजिप्ट र इस्लामको गर्भपतनको कानुनको तुलनामा गर्ने निर्णय गरेका थिए ।

अहमद जब अस्ट्रियाबाट इजिप्ट आउँदै थिए त्यस क्रममा शेरम अल शेख अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकारीहरुले उनले ल्याएमा लैंगिक अध्ययनका किताबलाई लिएर उनीसँग सोधपुछ गर्न थाले । सोधपुछपछि उनलाई त्यहाँबाट जान दिइयो तर एक हप्तापछि उनको घरमै पुलिस पुगे । त्यसपछि उनलाई पक्राउ गरेर कायरोस्थित लिमान टोरा जेलमा हालिएको छ । यो जेलमा राजनैतिक कैदीहरुमाथि अमानवीय क्रियाकलाप गरिने दावी गरिन्छ र यसलाई इजिप्टका सबैभन्दा बढी सुरक्षा भएका जेलमा गनिन्छ ।

यो जेलको नियम निकै कडा छ र यहाँ रहेका कैदीको बाहिरी संसारसँग कुनै सम्पर्क हुँदैन । तर, पछिल्लो केही समयमा यहाँ स्थिति थोरै बदलिएको छ र अहमदका परिवारले महिनामा एक पटक अहमदसँग भेट्न पाउँछन् । उनलाई कपडा र खाना दिन पाइन्छ । तर, जेलको नियमअनुसार सोहेलाले भने अहमदलाई भेट्न पाउँदिनन् किनकि उनहिरुको अहिलेसम्म बिहे भएको छैन ।

यसअघि अहमदका साथी प्याट्रिक जर्जलाई पनि फेब्रुअरी २०२० मा पक्राउ गरिएको थियो । इटलीको विश्वविद्यालयमा लैंगिक अध्ययन गरेका प्याट्रिकमाथि पनि यस्तै किसिमको आतंकवादको आरोप लगाइएको थियो । यसै वर्ष अप्रिलमा इटलीको संसदले उनलाई नागरिकता दिने पक्षमा मतदान गरेको छ जसले उनको रिहाइ सहज हुने अपेक्षा गरिएको छ । अहमदको रिहाइको लागि सोहेलाले एम्नेस्टी इन्टरनेशनल, स्कलर्स एट रिस्क, ह्युमन राइट्स वाच, भिएना स्टुडेन्ट युनियसमा पनि पुगिसकेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *