पिताले २ वर्षका छोरालाई २९ लाखमा बेचिदिए, त्यही पैसा लिएर गर्लफ्रेण्डसँग घुम्न गए

डिसी नेपाल
२१ वैशाख २०७८ ९:०१
1.8k
Shares

काठमाडौं। चीनमा एक पिताले आफ्नो २ वर्षको छोरालाई बेचेर त्यही पैसाले पूरै देश घुम्न गएको पाइएको छ । यी व्यक्तिको श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको थियो । उनलाई आफ्नो २ वर्षको छोराको हेरचाह गर्न गाह्रो भइरहेको थियो त्यसैले उनले छोरालाई बेचिदिएका हुन् ।

जेजियांग लिगल डेलीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार यी व्यक्तिको थर शी हो । उनको सधैं श्रीमतीसँग झगडा भइरहन्थ्यो त्यसैले यी दुईले सम्बन्धविच्छेद गरेका थिए । यो जोडीका एक छोरी र एक छोरा गरी २ सन्तान थिए । श्रीमतीलाई छोरीको अभिभावकत्व दिइएको थियो र यी व्यक्तिलाई छोराको अभिभावकत्व दिइएको थियो ।

यी व्यक्तिले अर्कै सहरमा काम गर्थे त्यसैले छोरालाई आफ्ना भाइको परिवारसँग हुजोउ सहरमा छोडेर गएका थिए । अघिल्लो महिना उनी फर्केर आएर छोरालाई लिएर गएका थिए । उनले छोराकी आमाले छोरालाई हेर्न चाहेको बताएर छोरा लिएर गएका थिए । पुलिसका अनुसार शीले छोरालाई चांग्सु सहरमा बस्ने सन्तान नभएका दम्पतीलाई १ लाख ५८ हजार युआन (२८ लाख ८६ हजार रुपैयाँ) मा बेचेका थिए ।

यी व्यक्तिले छोरालाई बेचेर पाएको पैसा लिएर गर्लफ्रेण्डसँग घुम्न गएको आरोप छ । कैयौं दिनसम्म बच्चा फर्केर नआएपछि शीका भाइले दाजुलाई फोन गरेका थिए तर शीले फोन उठाउन पनि बन्द गरे ।त्यसपछि भाइले पुलिसलाई सूचना दिए । पुलिसले शीलाई पक्राउ गरेको छ । यसअघि पनि उनले श्रीमतीसँग मिलेर आफ्ना २ सन्तान अर्कै परिवारलाई दिएको आरोप छ । पुलिसले यस विषयमा पनि जाँच गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.