काठमाडौं उपत्यकामा निषेधाज्ञा थपियो

डिसी नेपाल
२१ वैशाख २०७८ १५:३६
1.6k
Shares

काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि थपिएको छ। वैशाख २९ गतेसम्मका लागि अवधि थप गरिएको हो।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले कोरोना संक्रमणको बढ्दो दरलाई ध्यान दिँदै थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

हाल काठमाडौं उपत्यका कोरोना महामारीबाट देशमा सबैभन्दा धेरै प्रभावित छ। उपत्यकामा दैनिक करिब ३ हजारको संख्यामा नयाँ संक्रमणका केस पुष्टि हुने गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *