२१ औं वर्षमा नेपाल लाइफ, सफल र उत्कृष्ट इन्सोरेन्स कम्पनी भएको दावी

डिसी नेपाल
२१ वैशाख २०७८ १७:४७
32
Shares

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाको २१ औं वर्षमा प्रवेश गरेको छ। २१ औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले यो २१ वर्षको यात्रामा नेपालकै अब्बल इन्सोरन्स कम्पनी बन्न सकेको बताए। उनले देशको सबैभन्दा सफल र उत्कृष्ट लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको कम्पनीको दावी गरे।

प्रमुख कार्यकारी अधिकृत प्रसाईले यस कोरोना भाइरसको महामारीमा पनि सरल रुपमा जीवन बीमा सेवा प्रवाह गर्न कम्पनीले कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाए।

नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ।

करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल यस कम्पनी जीवन बीमा क्षेत्रमा हरेक सूचकांकले अब्बल सावित भएको कम्पनीले जनाएको छ। कम्पनीमा सर्वाधिक लगानी १११.४७ अर्ब रुपैयाँ रहेको छ भने सर्वाधिक जीवन बीमा कोष १०१ अर्ब २८ करोड रुपैयाँ र सर्वाधिक सेयरधनी कोष ८ अर्ब ८५ करोडभन्दा बढी रहेको छ।

कम्पनीको सर्वाधिक चुक्ता पुँजी ७.१९ अर्ब भन्दा माथि रहेको छ भने १ अर्बभन्दा बढि सर्वाधिक बजार पुँजीकरण रहेको छ। यस कम्पनीले सर्वाधिक आंशिक अवधि भुक्तानी ११.९८ अर्ब, सर्वाधिक पूर्ण अवधि भुक्तानी ९.७७ अर्ब तथा सर्वाधिक मृत्यु दावी ३.७३ अर्ब भन्दा बढि भुक्तानी गरिसकेको कम्पनीले जनाएको छ।

कम्पनीमा १,७६,०४३ भन्दा बढी प्रशिक्षित अधिकर्ता रहेका छन्। कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल २ सय शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख ८२ हजार ३ सय ४२ व्यक्ति बिमित भइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.