नेपाल बैंक लिमिटिडले ३ अर्ब बराबरको ऋणपत्र जारी गर्दै
काठमाडौं। नेपाल बैंक लिमिटेडले ३ अर्ब बराबरको ऋणपत्र बुधबार (आज) बाट बिक्री खुल्ला गरेको छ। बैंकले १० वर्ष अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र आजबाट बिक्री खुला गरेको हो।
यसमध्ये बैंकले १४ लाख इकाई सर्वसाधारणको लागि र बाँकी २१ लाख इकाई अन्य संघसंस्थालाई बिक्री गर्नेछ । सर्वसाधारणलाई निष्कासन गरिने ऋणपत्रमध्ये ५५ अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार कित्ता बाँडफाँट गरिएको छ।सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले उक्त ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँ दरले न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म छिटोमा वैशाख २६ गते र ढिलोमा जेठ ५ गतेसम्म आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment