नेप्से ५ अंकले घट्दा, ६ अर्ब बढीको कारोबार
काठमाडौं। साताको चौथो दिन बुधवार नेप्से परिसूचक ५ दशमलव ०९ अंकले घटेको छ। इो सँगै नेप्से परिसूचक २६ सय ४९ दशमलव ६० अंकमा सीमित भएको छ।
बुधबार २ सय १८ कम्पनीका १ करोड ४८ लाख ६७ हजार ९ सय ९५ कित्ता सेयर ६ अर्ब २१ करोड ६८ लाख रुपैयाँ भन्दा बढीमा कारोबार भएको छ।
यस दिन ९० वटा कम्पनीको मूल्य बढ्दा १ सय १ वटा कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै २६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर छ।
बुधवार रिडी हाइड्रोपावर र राइराङ हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा आशा लघुवित्त, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त, सबैको लघुवित्त, स्वाभिमान लघुवित्तको शेयर मूल्य घटेको छ।
यो दिन कारोबार रकमका आधारमा सबैभन्दा अगाडि प्रभु इन्स्योरेन्स, एनआइसी लघुवित्त, एनसीसी बैंक, अपि पावर कम्पनी र जनउत्थान सामूदायिक लघुवित्त कम्पनी छन् ।







डिसी नेपाल







Facebook Comment