पत्रकार महासंघको केन्द्रीय कार्यालय बन्यो अक्सिजनसहितको आइसोलेशन सेन्टर

डिसी नेपाल
२३ वैशाख २०७८ १६:०९
32
Shares

काठमाडौं। नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयलाई अक्सिजनसहितको आइसोलेशन सेन्टर बनाइएको छ। महासंघका अध्यक्ष बिपुल पोखरेलले यसअघि नै आइसोलेशन सेन्टर बनाउने घोषणा गरेका थिए। विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा महासंघको केन्द्रीय कार्यालयलाई आइसोलेशन सेन्टर बनाइएको हो।

यो आइसोलेशन सेन्टर पत्रकारहरुका लागि तयार पारिएको हो। महासंघका अध्यक्ष पोखरेलले आइसोलेशन सेन्टर बनाउका लागि बिहीबार हाम्रो टिम अभियान र मेक्सिम इन्टरनेशनल ट्रेडिङका म्यानेजिङ डाइरेक्टर नारायण कार्कीले सहयोग गरेको बताएका छन्। उनका अनुसार देशभरका शाखाहरुले पनि आइसोलेशन सेन्टर, होल्डिंग सेन्टर बनाइरहेको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *