संसद सचिवालयका उपसचिवको कोरोना संक्रमणबाट निधन
सांकेतिक तस्वीर
काठमाडौं। संसद सचिवालयमा काजमा कार्यरत एकजना उपसचिवको कोरोनाको संक्रमणबाट निधन भएको छ। तनहुँ घर भएका उनको शुक्रबार निधन भएको हो।
पारिवारिक श्रोतका अनुसार ५० वर्षको उमेरमा आज विहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको हो। केही समय अघि पत्थरीको अपरेशन समेत गरिएको उनमा २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको हो।
बैशाख २७ गते बस्ने प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि २२ गते सांसद तथा कर्मचारीको स्वाब संकलन गरी कोरोना चेकजाँच गरिएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment