काबुलमा विद्यालय बाहिर विस्फोट, २५ जनाको मृत्यु

डिसी नेपाल
२५ वैशाख २०७८ २१:५८

काबुल (एजेन्सी)। अफगानिस्तानको राजधानी काबुलस्थित एक विद्यालय नजिकै शनिबार भएको विस्फोटमा परी कम्तिमा २५ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले अफगान गृहमन्त्रालयका प्रवक्ताको हवला दिँदै २५ जनाको मृत्यु र ५२ जना घाइते भएको जनाएको छ।

उता रोयटर्सले स्वास्थ्य मन्त्रालयलका प्रवक्तालाई उद्धृत गर्दै ४६ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको छ। घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकहरुको संख्या बढ्न सक्ने जनाएको छ। घाइतेहरुमा धेरैजसो विद्यार्थी रहेको बताएको छ।


विस्फोट काबुलको दश्त एबार्चीस्थित एक स्कूलको बाहिर भएको थियो। विस्फोटको कारणबारे केही विवरणहरु प्राप्त हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। यो विस्फोट कसले र किन गरायो भन्ने विषयमासमेत केही बताइएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *