संवैधानिक परिषदको बैठक जारी
काठमाडौं। संवैधानिक परिषदको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा विभिन्न संवैधानिक आयोगका रिक्त पदमा नियुक्तीका विषयमा छलफल भइरहेको छ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा भने सहभागी छैनन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन्।
कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश प्रधानमन्त्रीले ल्याएकोमा विमति जनाइरहेको छ। सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताविनै बैठक बस्न सक्ने गरी गत वैशाख २१ मा सरकारले अध्यादेश ल्याएको थियो। उक्त अध्यादेश सरकारले गत मंसिर ३० मा पनि ल्याएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment