महिलाले आफ्नै घरमा आगो लगाइन्, आँगनमा कुर्सीमा बसेर आगो दन्किएको हेरिरहिन्
काठमाडौं। ‘आफ्नै घरमा आगो लगाएर तमासा हेर्ने’ भन्ने उखान नेपाली समाजमा प्रचलित छ । तर, एक महिलाले वास्तविकतामै यो उखानमा जस्तै काम गरेकी छिन् । ती महिलाले आफ्नो घरमा आगो लगाइन् । त्यसपछि उनले आँगनमा एउटा कुर्सी राखिन् अनि आफ्नो घर दन्किरहेको आँगनमा बसेर हेरिरहिन् । यो घटना अमेरिकामा भएको हो ।
एनबीसी न्यूजको रिपोर्टअनुसार अमेरिकाको मेरिल्याण्डमा ती महिलाले आफ्नै घरमा आगो लगाइन् । त्यसपछि महिला आफ्नो घरअगाडि आँगनमा कुर्सीमा बसिन् र त्यहाँ बसेर आफ्नो घर जलिरहेको हेरिरहिन् । यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । प्रत्यक्षदर्शीहरुले घर भित्रबाट जल्दै गरेको देखेका थिए । यो पूरै घटनालाई महिलाका एक छिमेकीले भिडियो रेकर्ड गरेका थिए ।
Maryland Woman set her own home on fire while someone was still inside, she kindly opened her chair on the lawn and watched it burn… ??? The person in the basement escaped ..#Fire #Maryland pic.twitter.com/yFzcjm32zR
— #BLM Marilyn ?✊? (@mspeachz1) May 6, 2021
प्रत्यक्षदर्शीका अनुसार घटनाभन्दा पहिले घरमा केही हलचल भएको थियो । त्यसपछि त्यहाँ महिला र पुरुषको झगडा भएको जस्तो चर्को आवाज सुनिएको थियो । त्यसपछि घरमा आगो लागेको थियो । घर जल्न लागेपछि महिला आँगनमा आएर कुर्सीमा बसेकी थिइन् । उनले कुर्सीमा बसेर किताब पढ्न थालेकी थिइन् । रिपोर्टका अनुसार यी महिला गेट मेटवली भएको बताइएको छ ।
गेल मेटवलीविरुद्ध हत्याको प्रयास, आगजनी र कुटपिटको अभियोग लगाइएको छ । मेरिल्याण्ड अग्नि नियन्त्रण विभागले अहिले महिलाले यो काम किन गरिन् भन्ने अनुसन्धान गरिरहेको छ । प्रत्यक्षदर्शीका अनुसार आगो लाग्दा एक व्यक्ति घरको बेसमेन्टमा फसेका थिए । उनी रोएको आवाज सुनेपछि केही व्यक्तिहरुले उनलाई झ्यालबाट निकालेर बचाएका थिए । अहिले थप अनुसन्धान जारी छ ।







डिसी नेपाल








Facebook Comment