चीनको २१ टनको अनियन्त्रित रकेट माल्दिभ्स नजिकै खस्यो
काठमाडौं। चीनको २१ टन तौलको अनियन्त्रित रकेट माल्दिभ्सनजिकै खसेको छ । बस्ती भएको सहरमा खस्न सक्ने त्रासका बीच यो रकेट कुनै नोक्सानी नगरी हिन्द महासागरमा खसेको हो । चीनको नियन्त्रणबाट बाहिर गएको यो रकेट एक हप्तादेखि पृथ्वीको लागि चिन्ताको विषय बनेको थियो । यसअघि यो रकेट न्यूजिल्याण्ड आसपास कुनै द्विपमा खस्न सक्ने आशंका गरिएको थियो ।
यो रकेट आज बिहान स्थानीय समयअनुसार ८ बजे खसेको हो । चीनको यो रकेट करिब १ सय फिट लामो र २१ टन तौलको थियो । चीनले यो रकेट २८ अप्रिलमा प्रक्षेपण गरेको थियो । यो रकेट तियान्हे अन्तरिक्ष केन्द्र निर्माणको लागि एक मोड्युल लिएर गएको थियो । मोड्युललाई निर्धारित कक्षमा छोडेपछि यो रकेट नियन्त्रित तरिकाले पृथ्वीमा फर्कनुपर्ने थियो ।
प्रतिक्रिया
Facebook Comment