हिमन्त बने असमको मुख्यमन्त्री
नयाँ दिल्ली (पीटीआई)। भारतीय जनता पार्टीको तर्फबाट नवनिर्वाचित राज्य सभा सदस्य हिमन्त विश्व शर्माले भारतको असम राज्यको मुख्यमन्त्रीमा सोमबार सपथ ग्रहण गरेका छन्। उनी असमको १५ मुख्यमन्त्री बनेका हुन्। उनलाई राज्यका गभर्नर जगदीश मुखीले पद तथा गोपनियताको सपथ खुवाएका थिए।
मूख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रमसँगै सोही दलका १० र अन्य तीन विधायिकाले पनि कोभिड–१९ को नियमअनुसार सामाजिक दूरी कायम गरी मन्त्रीको रूपमा शपथ लिएका थिए।
भाजपाका प्रदेश अध्यक्ष रञ्जितकुमार दास, निवर्तमान राज्य सरकारका मन्त्री चन्द्रमोहन पटवारी, परिमल सुक्ला बैद्य, जोगेश मोहन र सञ्जय किशनलगायतका १० जनाले शपथ लिएका छन्। असाममा मन्त्रीका रूपमा देखिएका नयाँ अनुहारहरूमा रञ्ज पेगु, बिमल बोरा तथा मन्त्रिपरिषद्मा एक मात्र महिला अजन्त नेओग रहेका छन्।
गठबन्धनका साझेदार एजीपीका अतुल बोरा र पूर्व सरकारका दुबै मन्त्री केशव महन्ता र यूपीपीएलका पूर्व सभासद् यू जी ब्रह्माले पनि शपथ लिएका छन्।
शपथ ग्रहण समारोहमा भाजपा अध्यक्ष जे पी नड्डा, निवर्तमान मुख्यमन्त्री सर्वानन्द सोनोवाल, केन्द्रीय मन्त्री जितेन्द्र सिंह, रमेश तेली, नागाल्याण्डका मुख्यमन्त्री निपु रियो र असाम काङ्ग्रेसका प्रमुख रिपुन बोरा लगायत उपस्थित थिए।
असमको १२६ विधानसभा सीटमध्ये सत्तारुढ गठबन्धनले भाजपाका ६० सहित ७५ सीट जितेको थियो। असाममा भाजपा गठबन्धन लगातार दोस्रो पटक चुनाव जित्ने राज्यको पहिलो गैर–कांग्रेस पार्टी हो।







डिसी नेपाल








Facebook Comment