बङ्गलादेशमा थप एक हजार ५१५ व्यक्तिलाई कोभिड–१९ सङ्क्रमण पुष्टि, ३८ को मृत्यु
ढाका (सिन्ह्वा)। बङ्गलादेशमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार ५१४ पुगेको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले बताएको छ । यो अवधिमा कोभिड–१९ सङ्क्रमित ३८ व्यक्तिको मृत्यु भएको बताइएको छ ।
पछिल्लो तथ्याङ्कसँगै एशियाली यस मुलुकमा कोभिड–१९ सङ्क्रमित सङ्ख्या सात लाख ७५ हजार पुगेको छ भने सङ्क्रमित मृतकको सङ्ख्या ११ हजार ९७२ पुगेको छ ।
बङ्गलादेशमा विगत २४ घण्टामा १६ हजार ८४८ व्यक्तिको कोभिड–१९ सङ्क्रमण परीक्षण भएको थियो । सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमण भई निको हुनेको सङ्ख्या सात लाख १२ हजार २७७ पुगेको छ । सोमबार मात्रै दुई हजार ११५ व्यक्ति सङ्क्रमणमुक्त भएका थिए ।
महानिर्देशनालयका अनुसार कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १.५४ रहेको छ भने निको हुने दर ९१.९ रहेको छ । बङ्गलादेशमा यो वर्षको अप्रिल ७ मा सबैभन्दा बढी सात हजार ६२६ व्यक्ति सङ्क्रमित रहेका थिए भने अप्रिल १९ मा सबैभन्दा बढी ११२ जनाको मृत्यु भएको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment