भारतीय सत्तारुढ दल भाजपाका नेता भन्छन्ः भारतको रोजाइमा ओली

डिसी नेपाल
२८ वैशाख २०७८ १८:०९

काठमाडौं। नेपालमा राजनीतिक माहोल तातिएर नयाँ सरकार गठनको प्रक्रिया शुरु भएका बेला भारतीय नेताहरुले आफ्नो धारणा सार्वजनिक गर्न थालेको छ। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का एकजना वरिष्ठ नेता सुब्रमण्यम स्वामीले मंगलबार साँझ एक ट्वीट गर्दै भारतीय संस्थापनको सन्देश दिन खोजेका छन्।

उनले नेपालमा नयाँ प्रधानमन्त्रीको खोजी भइरहेका बेला भारतको रोजाईमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै रहेको बताएका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘नेपालको बारेमा मेरो ज्ञान अनुसार ओली भारतको रोजाइमा परेका छन्। प्रचण्ड प्रधानमन्त्री भए भने चीनले जितेको हुनेछ।’

तर, नेपालमा भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको दौडमै छैनन्। बरु प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विपक्षी दलहरुको गठबन्धन बनाएर प्रधानमन्त्री बन्न प्रयासरत छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *