जापानको क्युसुमा शक्तिशाली भूकम्प: १३ जनाको मृत्यु, दर्जनौँ घाइते र भौतिक संरचनामा ठूलो क्षति
Part of the compound of the Shohinken garden is seen damaged in Yatsushiro, Kumamoto Prefecture, on July 29, 2026, after an earthquake struck the area the day before. Thirteen people died after a major quake in Japan, Prime Minister Sanae Takaichi said on July 29 as rescue workers desperately tried to reach others feared trapped in a badly damaged shopping mall and a factory. (Photo by JIJI Press / AFP) / Japan OUT
टोकियो। जापानको दक्षिणपश्चिमी क्युसु टापुस्थित कुमामोतो प्रान्तमा मङ्गलबार आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस घाइते भएका छन्।
भूकम्पका कारण सपिङ मल, औद्योगिक प्रतिष्ठान, सडक, पुल तथा ऐतिहासिक संरचनाहरूमा व्यापक क्षति पुगेको छ। भूकम्पका कारण सपिङ मल, औद्योगिक प्रतिष्ठान, सडक, पुल तथा ऐतिहासिक संरचनामा व्यापक क्षति पुगेको छ।
जापानी अधिकारीहरूका अनुसार मंगलबार अपराह्न ४:२७ बजे आएको उक्त भूकम्प ६.८ देखि ७.१ म्याग्निच्युडसम्मको रहेको र यसको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा रहेको थियो स्थानीय समयअनुसार मंगलबार अपराह्न ४ः२७ बजे आएको भूकम्प जापानको सिन्डो स्केलमा उच्च स्तरमा मापन गरिएको थियो।
अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले यसको तीव्रता ६.८ म्याग्निच्युड र केन्द्रविन्दुको गहिराइ १० किलोमिटर रहेको जनाएको छ भने जापानी अधिकारीहरूले यसलाई ७.१ म्याग्निच्युडको भूकम्प बताएका छन्।
भूकम्पका कारण कासिमा सहरमा रहेको एओन सपिङ मलमा ग्यास विस्फोट भई भवनको छाना र पर्खाल भत्किँदा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। सबैभन्दा ठूलो क्षति कासिमा सहरस्थित एउटा सपिङ मलमा भएको छ।
सरकारी स्रोतका अनुसार भूकम्पपछि ग्यास विस्फोट हुँदा भवनको छाना र पर्खाल भत्किएका थिए। मल सञ्चालक कम्पनी एओनका प्रवक्ताले ग्राहक र कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएपछि विस्फोट भएको जानकारी दिए।
भवनभित्र अझै केही कर्मचारी फसेको पुष्टि भए पनि उद्धार टोलीले सुरक्षित प्रवेश मार्ग बनाउन नसकेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। यसैगरी, यात्सुशिरोस्थित निप्पोन पेपर इन्डस्ट्रिजको कारखानाको धुवाँ निकाल्ने संरचना भत्किएको छ भने त्यहाँका नौ जना कर्मचारी अझै सम्पर्कविहीन छन्।
यात्सुशिरोस्थित निप्पोन इन्डस्ट्रिजको कारखानामा पनि ठूलो क्षति पुगेको छ। कारखानाको धुवाँ निकाल्ने संरचनाको एक भाग भत्किएको छ भने स्थानीय सरकारले त्यहाँ कार्यरत नौ जनाको अवस्थाबारे अझै जानकारी प्राप्त हुन नसकेको जनाएको छ।
विपदका कारण ऐतिहासिक कुमामोतो महलको पर्खाल भत्किनुका साथै पैदल यात्रु पुल, सडक तथा मालवाहक रेलमा क्षति पुगेको छ। भूकम्पका कारण कुमामोतो क्षेत्रमा आगलागी, भवन भत्किने, सडक चर्किने, पुलमा क्षति पुग्ने तथा मालवाहक रेल पल्टिने घटना भएका छन्।
एउटा पैदल यात्रु पुलको एक भाग भत्किएर नदीमा खसेको अधिकारीहरूले बताएका छन्। सुरक्षा क्यामेराका दृश्यमा ऐतिहासिक कुमामोतो महलको पर्खालका केही भाग पनि भत्किएको देखिएको छ। कुमामोतो क्षेत्रका ३६ हजारभन्दा बढी घरहरूमा विद्युत् सेवा अवरुद्ध भएको छ। बुधबार बिहानसम्म कुमामोतो क्षेत्रमा ३६ हजार ८८० घर तथा अन्य संरचनामा विद्युत् आपूर्ति अवरुद्ध रहेको छ।
स्थिति सामान्य बनाउन र उद्धार तथा राहत कार्यका लागि जापानी रक्षा मन्त्रालयले ३ हजार ६०० सैनिक तथा २० वटा सैन्य विमान परिचालन गरेको छ। जापानी रक्षा मन्त्रालयले विपद् व्यवस्थापन तथा उद्धार कार्यका लागि तीन हजार ६०० सैनिक परिचालन गरेको छ। क्षतिको हवाई मूल्यांकन गर्न २० वटा सैन्य विमानसमेत परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित भएकाले जापान विश्वकै सबैभन्दा बढी भूकम्प जोखिमयुक्त मुलुकहरूमध्ये एक मानिन्छ। विश्वभर जाने कुल भूकम्पमध्ये करिब १८ प्रतिशत भूकम्प जापान र यस आसपासको क्षेत्रमै जाने गर्छन्।
यसअघि सन् २०११ मा गएको ९.० म्याग्निच्युडको महाभूकम्प र सुनामीका कारण करिब १८ हजार ५०० जनाको ज्यान गएको थियो भने फुकुसिमा आणविक केन्द्रमा गम्भीर क्षति पुगेको थियो।
सन् २०११ मा जापानमा आएको ९.० म्याग्निच्युडको विनाशकारी भूकम्प र त्यसपछि आएको सुनामीमा करिब १८ हजार ५०० जनाको ज्यान गएको थियो। उक्त विपद्ले फुकुसिमा आणविक विद्युत् केन्द्रमा गम्भीर दुर्घटना निम्त्याएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment