चर्को हुरीले सय मिटर अग्लो सिसाको पुल उडाएपछि एक पर्यटक अलपत्र

डिसी नेपाल
२८ वैशाख २०७८ १८:३०
1.6k
Shares

बीबीसी । चीनमा अग्लो पुलको सिसाको भुईँ चर्को हावाहुरीले उडाउँदा पुलको बीचमा रहेका एक जना व्यक्ति अलपत्र परेका छन्। गत शुक्रवार भएको त्यस्तो घटनामा ती पुरुष चीनको उत्तरपूर्वमा अवस्थित पिआन पर्वतमा बनाइएको एक सय मिटर अग्लो पर्यटकीय पुलमा घुम्न पुगेका थिए।

उनले त्यो अग्लो पुल पार गर्न लाग्दा १५० किलोमिटर प्रतिघण्टाको वेगमा आएको हावाहुरीले पुलको भुईँमा राखिएको पारदर्शी सिसाका प्यानलहरू उडाएपछि उनी पुलको बीचमा अलपत्र परेका थिए।

चीनमा त्यसरी भुईँमा सिसा हालिएका झन्डै २,३०० वटा पुलहरूका साथै पर्वतको छेउमा हिंडन मिल्ने गरी सिसाकै भुईँ हालेर बनाइएका बाटो र चिप्लेटीहरू छन्। त्यस्ता संरचना रोमाञ्च मन पाउने पर्यटकहरूको मनोरञ्जनका लागि तिनीहरूलाई आकर्षित गर्न र घरेलु पर्यटनलाई प्रवर्धन गर्न बनाइएका हुन्।

सामाजिक सञ्जालमा राखिएको र धेरैले शेयर गरेका उक्त घटनाको तस्बिरमा एक जना पुरुषलाई लोङ्जीङ् सहरको पर्यटकीय क्षेत्र नजिकै अवस्थित उक्त पुलको बीचमा अलपत्र परेको फसेको देख्न सकिन्छ। उद्धारकर्मीहरू हतारहतार ती व्यक्तिलाई त्यहाँबाट बाहिर निकाल्न पुलमा पुगेका थिए।

तर उनी त्यहाँ रहेका पुलको हेरचाह गर्ने कर्मचारीको सहयोगमा आफै सुरक्षित पुलबाट बाहिर निस्कन सफल भएका चीनको सरकारी समाचार संस्था शिन्ह्वाले जनाएको छ।

ती व्यक्तिलाई परीक्षण र परामर्शका लागि अस्पताल लगिएको थियो र अहिले उनको शारीरिक र मानसिक अवस्था स्थिर रहेको बताइएको छ। लोङ्जीङ् शहरको वेइबो पेजका अनुसार घटनापछि उक्त क्षेत्र बन्द गरिएको छ। र घटनाका सम्बन्धमा छानबिन सुरु गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.