कर्णाली प्रदेश सरकार हेरफर गरिँदै, माओवादी केन्द्रका दुइ मन्त्रीद्वारा राजीनामा
कर्णाली प्रदेशप्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच भएको भेटघाट। कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यमा प्रदेश सरकारबाट भएका प्रयासबारे मङ्गलबार कुराकानी तस्वीर: शुरबहादुर सिंह/ रासस
सुर्खेत। कर्णाली प्रदेश सरकार हेरफर गरिने भएको छ। बुधवार विहान बसेको कर्णाली प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश सरकार कायविभाजन नियमावली २०७४ को अनुसुची १ र २ मा हेरफेर गर्ने निर्णय गरेको छ।
माओवादी केन्द्रका दुइ मन्त्री आन्तरिक मामिला तथा कानुन मन्त्री विमला केसी र आर्थिक मामिलामन्त्री नरेश भण्डारीले बुधबार पदबाट राजीनामा दिएका थिए। उनीहरुले पार्टीकाे निर्णय अनुसार नै राजीनामा दिएकाे बताइएकाे छ।
मुख्यमन्त्री शाहीले दुवै मन्त्रीको राजीनामा स्वीकृत गरिसकेका छन्। प्रदेश प्रमुखको कार्यालयसँग आवश्यक सल्लाहपश्चात सपथग्रहणको कार्यक्रम तय हुने बताइएको छ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment