सन् २००० पछि फ्रान्सको क्षेफलजति क्षेत्रमा जंगल थपियो

डिसी नेपाल
२९ वैशाख २०७८ १५:३९

काठमाडौं। पछिल्लो २० वर्षमा फ्रानसको क्षेत्रफलजति क्षेत्रमा प्राकृतिक रुपमा वन क्षेत्र विकसित भएको एक अध्ययनमा खुलासा भएको छ । संरक्षण समूहहरुका अनुसार यसरी नयाँ विकास भएको जंगलले ५.९ गिगाटन कार्बन डाइअक्साइड सोस्न सक्छ । यो परिमाण अमेरिकाले वर्षिक रुपमा उत्सर्जन गर्ने कार्बन डाइअक्साइड भन्दा बढी हो । बीबीसीका अनुसार विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)को टिमले स्याटेलाइट तथ्यांकको प्रयोग गरेर नयाँ विकास भएको वनको क्षेत्र गणना गरेका हुन् ।

यसरी विकसित भएको वनमा उजाड भइसकेको क्षेत्रमा पुनर्जीवित भएको वन पनि पर्छ । यसमा केही नगरी आफैं उम्रिएको वन क्षेत्रदेखि वृक्षारोपण गरिएको क्षेत्र र काटिएको वन क्षेत्र समेत गणना गरिएको छ । डब्लुडब्लु एफका विलियम बाल्डविन क्यान्टेलोका अनुसार आफैं विकसित भएको वन क्षेत्र मानवीय रुपमा वृक्षारोपण गरेर बनाइएको वन क्षेत्रभन्दा सस्तो, कार्बन शोषण क्षमता बढी भएको रजैविक विधिताका लागि बढी उपयुक्त भएको पाइएको छ ।

तर यसरी विकास भएको वनले हाम्रो विग्रिँदो पर्यावरणलाई सुधार गर्न सक्षम नभएको भन्दै उनले वन फँडानी रोक्नुपर्ने र प्राकृतिक वन क्षेत्र फैलिन दिनुपर्ने बताए । ‘अहिले पनि लाखौं हेक्टर क्षेत्रमा वर्षेनी वन फँडानी भइरहेको छ र यो पुनः विकसित वन क्षेत्र बन्दा कैयौं गुणा बढी हो’ उनले भने ‘पर्यावरणीय समस्याको समाधानको लागि वनको सम्भाव्यता बुझ्न हामीले वन विकास हुने क्रम बढ्न दिनुपर्छ र वन फँडानीका कारकहरुलाई रोक्नुपर्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *