भीम रावलको ट्वीटः सांसदबाट राजीनामा दिनुपर्छ

डिसी नेपाल
२९ वैशाख २०७८ १८:००
392
Shares

काठमाडौं। नेकपा एमालेमा समानान्तर गतिविधि गरिरहेका वरिष्ठ नेता निकट नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्न आफूहरुले सांसदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

उनले ट्वीट गर्दै ओलीलाई रोक्न राजीनामा दिनुपर्ने बताएका हुन्। उनले असाधारण अवस्थामा असाधारण निर्णय लिइनेसमेत बताएका छन्। उनले लेखेका छन्, ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ। त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानुनी दृष्टिले धेरै उचित छ।’

गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन नसेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति ९ बजेसम्म गठबन्धन सरकार बनाउनका लागि दावी पेश गर्न समयसीमा दिएकी छन्। दुई दिन बित्नै लाग्दा विपक्षी दलहरुलाई बहुमत पुर्याउन सकस भइरहेको छ।

काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न काँग्रेस, माओवादी केन्द्र र जसपाको एउटा समूहले प्रयास गरिरहेको छ। तर, यो गठबन्धनलाई बहुमत पुगेको छैन। त्यसैले सबैको ध्यान एमालेको माधव समूहले के गर्छ ? भन्नेतर्फ छ। माधव समूहका २० जना सांसदले राजीनामा दिए विपक्षीको बहुमत पुग्ने अवस्था छ। यस्तो अवस्थामा नेता नेपाल निकट रावलको यो ट्वीट आएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *