भारतको मध्यप्रदेशमा कोरोनाबाट मृत्यु भएका बिरामीहरु धमाधम कसरी निको भइरहेका छन् ?

डिसी नेपाल
३० वैशाख २०७८ १०:४१
4.2k
Shares

काठमाडौं। भारतमा कोरोनाभाइरसबाट भइरहेका मृत्युको तथ्यांक लुकाउनको लागि राष्ट्रिय स्वास्थ्य मिसन (एनएचएम)ले मनपरी बिरामीको रेकर्ड तयार गरिरहेको पाइएको छ । कोरोना संक्रमणका कारण मृत्यु भएका बिरामीहरु उपचारपछि निको भएर डिस्चार्ज भएको देखाइएको छ । घरमै आइसोलेसनमा बसेर ठिक भएका बिरामीहरुलाई रेकर्डमा अस्पतालमा भर्ना भएको देखाइएको छ । संक्रमितको तथ्यांक कम देखाउनका लागि कैयौं संक्रमित बिरामीको जानकारी रेकर्डमा चढाइएकै छैन ।

२०२१ को अप्रिल र मे महिनाको कोभिड पोजेटिट प्यासेन्ट स्टाटस रिपोर्टको जाँच गर्दा यस्तो खुलासा भएको भारतीय अखबार दैनिक भास्करले जनाएको छ । सरकारी रेकर्डका अनुसार मध्य प्रदेशको राजधानी भोपालमा १ अप्रिलदेखि १२ मेसम्म ५५ हजार ८८३ संक्रमित पाइएका थिए । यीमध्ये ८ हजार ४१६ जनालाई अस्पतालमा भर्ना गरेको देखाइएको छ । ४७ हजार ४३७ जना होम आइसोलेसनमा बसेका थिए । ४ हजार ६१७ जना संक्रमित अझै पनि अस्पतालमा भर्ना छन् । होम आइसोलेसनमा उपचार गराएका ३५ हजार ११८ जना निको भएका छन् । तर, होम आइसोलेसनमा बसेका यी बिरामीलाई कुनै जाँचबिना डिस्चार्ज गरिएको छ ।

रोहित नगरकी ५६ वर्षकी एक महिलाले २० अप्रिलमा कोरोना जाँच गराइन् । भोलिपल्ट रिपोर्ट पोजेटिभ आयो । उपचारका लागि उनलाई करिअर अस्पतालमा भर्ना गरियो । उनलाई २९ अप्रिलमा डिस्चार्ज गरिएकोमा फेरि स्वास्थ्य बिग्रिएपछि त्यही अस्पतालमा भर्ना गरियो । उपचारको क्रममा उनको १ मेमा मृत्यु भयो । तर, सरकारी रेकर्डमा उनी होम आइसोलेसनमा बसेर निको भएपछि डिस्चार्ज भएको देखिन्छ ।

जहांगिराबादका ३३ वर्षका नरेश सूर्यवंशीको रिपोर्ट अप्रिल दोस्रो हप्ता पोजेटिभ आएको थियो । स्वास्थ्य बिग्रिएपछि उनलाई जेपी अस्पताल भर्ना गरियो । उपचारको क्रममा २ मेमा उनको मृत्यु भयो । तर, सरकारी रेकर्डमा मृत्यु भएकाहरुको सूचीमा उनको नाम छैन । यस विषयमा भोपालका कलेक्टर अविनाश लवानियाले रेकर्डमा यस्तो गडबडी हुनु सम्भव नै नभएको बताउँदै यस्तो कसरी भयो भन्ने विषयमा अस्पताल व्यवस्थापनसँग स्पष्टीकरण लिइने बताउका छन् ।

नारियलखेला शारदा नगरमा सन्दिप सक्सेना शिक्षक हुन् । १३ अप्रिलमा उनको रिपोर्ट पोजेटिभ आयो । सन्दिपले एक क्लिनिकमा उपचार गराए । उनी कुनै अस्पतालमा भर्ना भएनन् तर सरकारी रिपोर्टमा उनी १३ अप्रिलमा पिपुल्स अस्पतालमा भर्ना भएको देखिन्छ । रेकर्डमा उनस् अस्पतालबाट डिस्चार्ज भएको लेखिएको छ । विदिशा रोड शिवनगरका अनिल कुमार पनि २० दिन होम आइसोलेसन बसेर ठिक भए तर उनलाई पनि अस्पताल भर्ना भएको र डिस्चार्ज भएको देखाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.