हत्यारा फेला पार्न सकिने प्रमाण मृतक महिलाको नङभित्र

डिसी नेपाल
३० वैशाख २०७८ १६:५६
13.9k
Shares

काठमाडौं। ग्रिसमा हत्या गरिएकी एक बेलायती महिलाका हत्याराहरु फेला पार्न सक्ने प्रमाण ती महिलाको नङमा भएको पाइएको छ । ती महिलालाई ग्रिसमा केही लुटेराहरुले यातना दिएर उनकै टिसर्टले घाँटी थिचेर हत्या गरेका थिए । महिलाले आफूलाई बचाउन संघर्ष गर्ने क्रममा आक्रमणकारीलाई चिथोरेको र उनको नङमा उनीहरुको शरीरको अंगका टुक्रा अड्किएको पाइएको छ । यी टुक्राको डिएनएबाट सम्भावित हत्याराको पहिचान हुन सक्ने अपेक्षा गरिएको छ ।

क्यारोलिन क्रुच नामकी यी महिलाको नङमा भेटिएका अवशेषका नमूनाले उनको हत्याको क्रममा उनले गरेको संघर्षको प्रमाण देखाएका छन् । एथेन्सको लिडियामा २० वर्षकी क्यारोलिनको बच्चाको टाउकोमा बन्दुक राखेर उनलाई यातना दिई घाँटी थिचेर हत्या गरिएको थियो । उनका ३२ वर्षका पतिले अहिले उनका हत्यारा पत्ता लगाउन अनुसन्धान अधिकारीहरुलाई सघाइरहेका छन् । बच्चाको टाउकोमा बन्दुक राखेर उनकै अगाडि उनकी पत्नीको हत्या भएको थियो ।

पुलिसका एक प्रवक्ताका अनुसार उनहिरु पति पत्नीको कपडा, पीडित महिलाको नङ र बच्चाको शरीरबाट नमूनाहरु लिइएको छ र यसबाट कुनै जेनेटिक प्रमाण फेला पर्ने सम्भावना भएकोले जाँच गरिरहेका छन् । नजिकका घर र व्यवसाय स्थलमा जडान गरिएका क्यामेराको सीसीटिभी फुटेज संकलन गरिँदैछ । घटनास्थल आसपासका घरहरुमै गएर सोधपुछको काम पनि भइरहेको छ । अर्का एक पुलिस अधिकारीले लुटेरा समूहको पहिचान भएको बताएका छन् । उनका अनुसार लुटेराहरु व्यवसायिक हुन् र उनीहरुको आपराधिक पृष्ठभूमि छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.