इजरायल–प्यालेस्टाइनः ती नसुल्झिएका मुद्दा जसका कारण हिंसा भड्कियो

डिसी नेपाल
३० वैशाख २०७८ १८:०१
3.6k
Shares

काठमाडौं। इजरायल र प्यालेस्टाइनबीच बढिरहेको तनावको पछाडि लामो समयदेखि चलिआएको तर नसुल्झिएको विवाद छ । जसका कारण अहिले फेरि यी दुई भिडन्तमा उत्रिएका छन् । मध्यपूर्वका देशहरुको लागि यो यस्तो समस्या हो जसका कारण समय–समयमा झडप भइरहन्छन् तर यस पटक विवाद रकेट हान्ने र हवाइ आक्रमण गर्ने तथा ज्यानको नोक्सानी हुने हदसम्म पुगेको छ ।

यो विवाद विगत केही समययता अन्तर्राष्ट्रिय अखबारको हेडलाइनबाट हराएको थियो तर यसको अर्थ यो होइन कि यो समस्या समाधान भएको थियो । दुवैबीच विवाद सुल्झिएका छैनन् । मुद्दा उनै हुन् र यी दुईबीचको घृणा पनि उही हो । यो लडाइँ र समस्या कैयौं पिढीदेखि चलिआएको छ । जबसम्म यो संघर्ष चलिरहेको छ दुवैमध्ये कुनै पनि पक्ष सुरक्षित छैन । यो तय छ कि जबसम्म विवाद पूर्ण रुपमा सुल्झिँदैन तबसम्म हरेक केही वर्षमा गम्भीर संकट आइरहन्छ ।

विगत १५ वर्षयता यो विवाद गाजा पट्टी र इजरायललाई छुट्याउने एक तारको वारिपारी चलिरहेको छ । यस पटकको अवस्थाले बताइरहेका छन् – जेरुसेलम र इजरायलका धार्मिक स्थलमा भएको विवादका कारण हिंसा भड्किएको छ । इसाइ, यहुदी र मुसलमान गरी ३ फरक फरक धर्मका मानिसहरु जेरुसेलमलाई पवित्र मान्छन् र उनीहरुको लागि यो ठाउँको धार्मिक महत्व छ । यो यहुदी र मुस्लिम धर्मको पनि उत्पत्तिको स्थान हो त्यसैले महत्वपूर्ण छ । यहुदीहरु र मुसलमानहरुको लागि यी स्थान उनीहरुको राष्ट्रिय प्रतिकका हिस्सा पनि हुन् ।

भौगोलिक रुपले यी दुवै स्थान छेउछाउमा छन् । ‘द चर्च अफ द होली सेपल्कर’ पनि इजरायली चेकप्वाइन्टको अर्कोतर्फ छ जसमा प्यालेस्टिनी इसाइहरुको आस्था छ । तनावको सुरुवातको एक कारण प्यालेस्टाइनहिरुलाई उनीहरुको घर शेख जराहबाट हटाउने धम्की हो । यो पुरानो सहर भित्ताभन्दा बाहिरको स्थान हो जहाँ प्यालेस्टाइनीहरु बस्छन् । यसको जमिन र यहाँको सम्पत्तिमाथि यहुदीहरुले इजरायलको अदालतमा दावी गरेका छन् ।

तर, यो विवाद केवल केही घरहरुलाई लिएर होइन । वर्षौंदेखि इजरायली सरकार जेरुसेलममा यहुदीहरुको संख्या बढाउने कोसिस गरिरहेको छ र यो मुद्दालाई लिएर यहाँ तनाव छ । सहरको चारैतर्फ यहुदीहरुको लागि ठूलो संख्यामा घरहरु बनाइएका छन् । इजरायलमाथि यो आरोप पनि लगाइन्छ कि यसो गर्नको लागि कैयौं अन्तर्राष्ट्रिय कानुन पनि तोडिएका छन् । पछिल्ला वर्षमा सरकार र यहाँ बस्ने यहुदीहरुले पुरानो सहरमा विस्तारै यहुदीहरुलाई बसाउने कोसिस गरेका छन् ।

पछिल्ला केही हप्तामा यस क्षेत्रमा इजरायली पुलिसका हतियारबन्द जवानको संख्या बढाइएको छ । रमजानको अवसरमा अल रक्सा मस्जिदमा ग्यास र स्टेन ग्रेनेडको प्रयोग गरियो । मक्का र मदिनापछि यो स्थान मुसलमानहरुको लागि सबैभन्दा पवित्र स्थान हो । त्यसपछि प्यालेस्टाइनी क्षेत्रको सबैभन्दा प्रमुख इस्लामिक चरमपन्थी संगठन हमासले अप्रत्याशित कदम उठाउँदै इजरायललाई अल रिक्सा परिसर र शेख जराहबाट सेना हटाउन अल्टिमेटम दियो । त्यसपछि उसले रकेट हान्यो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्वीट गरे ‘गाजाका चरमपन्ती संगठनले रेड लाइन नाघेका छन् । इजरायलले अधिक शक्तिका साथ जवाफ दिनेछ ।’ यदि यसको कुनै समाधान निकालिएन भने हिंसक घटनाहरु पटक पटक हुनेछन् । सोमबार मसँग सोधिएको थियो कि अन्तिम पटक मैले जेरुसेलममा आशाको किरण कहिले देखेको थिएँ र कहिले लागेको थियो कि दुवै पक्ष एक अर्कासँग मिलेर बस्न सक्छन् ।

म १९९५ देखि २००० सम्म जेरुसेलममा बसें र त्यसपछि पनि कैयौं पटक त्यहाँ गएको छु । तर केरो लागि यो प्रश्नको जवाफ दिन मुस्किल थियो । १९९० मा भएको ओस्लो सम्झौताको क्रममा थोरै समयको लागि आशा जागेको थियो तर जेरुसेलमका ती मानिसहरु जो त्यहाँ ४० वर्षदेखि बसिरहेका छन् र अब सहरको गलत साइडमा आएका छन्, उनीहरुलाई शायद यो कुरा राम्रोसँग महसुस भयो होला र उनीहरुसँग अरुको तुलनामा धेरै यादहरु होलान् ।

दुवैतर्फका नेता आफ्नो स्थान बलियो बनाउनका लागि आफ्नो निजी राजनीतिक लडाइ लडिरहेका छन् । जबकि कुनै पनि इजरायली वा प्यालेस्टाइनी नेताको लागि शान्तिकको कोसिस गर्नु सबैभन्दा अहम हुनुपर्छ । वर्षौंदेखि यो चुनौतीलाई गम्भीरताका साथ लिइएन । दुवैका बीच मुद्दा सुल्झाउनको लागि केही नयाँ सुझाव पनि अगाडि आएका छन् ।

दुई थिंक ट्यांक कार्नेजी एन्डाउमेन्ट फर इन्टरनेशनल पीस र युएस–मिडिल इस्ट प्रोजेक्टले एक संयुक्त रिपोर्ट प्रकाशित गरेर प्यालेस्टाइनी र इजरायली दुवैको लागि एकाधिकार र सुरक्षाको कुरा गर्यो । रिपोर्टमा संयुक्त राष्ट्रसंघले इजरायलको नियन्त्रण भएका षेत्रमा बस्नेहरुलाई पूर्ण रुपमा समानता र स्वतन्त्रताको समर्थन गर्नुपर्ने र दुई अलग र असमान प्रणालीलाई बढाउन नहुने भनियो । यो नयाँ सोच हो तर यस हप्ता पुराना वास्तविकता, उस्तै किसिमका बयानबाजी र एक शताब्दीभन्दा धेरै लामो समयदेखि चलिरहेको संघर्षले फेरि तनाव कम हुने आशामा तुषारापात गरेको छ ।

लेखक बीबीसी मध्यपूर्वका सम्पादक हुन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.