निजी अस्पतालहरुले भनेः १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न सकिँदैन

डिसी नेपाल
३० वैशाख २०७८ १९:३४
284
Shares

काठमाडौं। निजी अस्पतालहरुले सरकारले दिएको निर्देशन अनुसार १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसकिने जनाएका छन्।

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)ले विहीबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन प्लान्टको मूल्य कम्तीमा २ करोड र त्यसका लागि पूर्वाधार तयार गर्न ५० लाख चाहिने भएकले तत्काल जडान गर्न नसकिने बताएका छन्।

कोरानो संक्रमण बढेपछि अक्सिजनको अत्यधिक माग बढेको छ। अक्सिजनको हाहाकार मच्चिएको छ। अक्सिजन अभावका कारण अस्पतालहरुले सेवा रोकेका छन् भने विरामीहरुको पनि मृत्यु भइरहेको छ। यस्तो विकराल समस्या बनेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालहरुलाई १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्न मंगलबार निर्देशन दिएको थियो।

अफिनले गम्भीर समयमा सरकारले अक्सिजन व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्नुको सट्टा निजी अस्पतालहरूलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नु भन्दै हावादारी निर्देशन दिएको जनाएको छ। अफिनले सरकार जिम्मेवारीबाट विमुख हुन खोजेकोसमेत आरोप लगाएको छ।

डिसी नेपालसँग कुरा गर्दै स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले अब अस्पतालहरुले अनिवार्य अक्सिजन प्लान्ट जडान गर्नुपर्ने बताएका थिए। उनले भनेका थिए, ‘यति ठूला अस्पतालहरुको पनि आफ्नो अक्सिजन प्लान्ट रहेनछ। अब नयाँ अस्पताल स्थापनाको अनुमति दिँदायसलाई अनिवार्य गर्नुपर्ने आवश्यकता देखिएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.